काठमाडौं । अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज बिहान मेल्लेख गाउँपालिका— ७ सुयेडीमा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले नेपाली नेटवर्कलाई बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् ।
घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको उहाँको भनाइ छ । मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको पाठकले बताउनुभयो । ट्याक्टर सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनाको कारण पहिल्याउन अनुसन्धान भइरहेको डीएसपी पाठकले बताउनुभयो ।