Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम: चार प्रदेशमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आजको मौसम: चार प्रदेशमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • सोमवार, चैत्र १२ २०८०

  • 1.0K
    SHARES

  • आजको मौसम: चार प्रदेशमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ।
     
    महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम सफा रहने छ ।
     
    आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।
     
    कोशी, मधेश, बागमती  र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
     
     
    राती भने कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
     
    कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
     
    कोशी र मधेश  प्रदेशका एक दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
     


    सोमवार, चैत्र १२ २०८००६:२५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij