Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

होली मनाएर एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

होली मनाएर एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

  • आइतवार, चैत्र ११ २०८०

  • 500
    SHARES

  • होली मनाएर एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

    काठमाडौं । नेकपा एमालेका नेताहरुले होली मनाएका छन् । नेताहरुले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एक अर्कामा रङ दलेर खुशी साटासाट गरेका हुन् । होली मनाएर पार्टीको केन्द्रीय सचिवालय बैठक बसेको छ ।

    बैठकअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल लगायतका पार्टी पदाधिकारीहरुले एक अर्कालाई रङ दलेर होली मनाएका हुन् ।

    बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । साथै बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।


    आइतवार, चैत्र ११ २०८००१:३७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij