Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

होलीमा अवाञ्छित गतिविधि हुन नदिन प्रहरी तैनाथ

होलीमा अवाञ्छित गतिविधि हुन नदिन प्रहरी तैनाथ

  • आइतवार, चैत्र ११ २०८०

  • 623
    SHARES

  • होलीमा अवाञ्छित गतिविधि हुन नदिन प्रहरी तैनाथ

    काठमाडौं । होली पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन काठमाडौं उपत्यकाका तीनै जिल्लाको सडकमा उच्च संख्यामा ट्राफिक प्रहरी खटाइएको छ।

    होली पर्व मनाउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई कम गर्न उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँच भइरहेको ट्राफिक कार्यालयले जनाएको छ।

    त्यस्तै आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्टसमेत राखिएका छन्। दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो उपस्थिति छ।


    आइतवार, चैत्र ११ २०८००१:३३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij