Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दाङमा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु

दाङमा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु

  • आइतवार, चैत्र ११ २०८०

  • 358
    SHARES

  • दाङमा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु

    काठमाडौं । दाङको राजपुर गाउँपालिका–५ कोरियाखोलामा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । हिजो साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

    सो दुर्घटनामा राजपुर गाउँपालिका–५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । उनीहरु मोटरसाइकमा सवार थिए ।

    मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।


    आइतवार, चैत्र ११ २०८००८:४४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij