काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले होलीपर्वको सम्पूर्ण नेपालीमा शुभकामना दिनुभएको छ ।
उहाँले यस पर्वले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गर्दै उहाँले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गर्नुभयो ।