Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

’ट्रष्ट माइक्रो इन्सुरेन्सद्वारा रुपन्देहीबाट सेवा प्रारम्भ

’ट्रष्ट माइक्रो इन्सुरेन्सद्वारा रुपन्देहीबाट सेवा प्रारम्भ

  • शनिवार, चैत्र १० २०८०

  • 538
    SHARES

  • ’ट्रष्ट माइक्रो इन्सुरेन्सद्वारा रुपन्देहीबाट सेवा प्रारम्भ

    काठमाडौं। ’ट्रष्ट माइक्रो इन्सोरेन्स कम्पनी’ले रुपन्देहीबाट सेवा प्रारम्भ गरेको छ। बुटवलका उद्यमी जगत बहादुर पोखरेलको नेतृत्वमा ७१ जना ब्यवसायीहरु मिलेर रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा मुख्य कार्यालय राखेर माइक्रो इन्स्योरेन्स कम्पनी स्थापना गरेका हुन।

    कूल ७५,००,००,०००/– (पचहत्तर करोड) चुक्ता पूँजी राखेर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त उक्त लघु निर्जीवन बीमा कम्पनीले तिलोत्तोमामा मुख्य कार्यालय राखेपनि सेवा भने काठमाडौँसहित धेरै जिल्लाबाट प्रवाह गर्ने भएको छ।

    मध्यम वर्गका नागरिक, साना तथा मझौला व्यवसायीहरुलाई बीमाको मूल धारमा ल्याउने र उनीहरुको सम्पत्तीमा प्राकृतिक प्रकोप, आकष्मिक दुर्घट्ना लगायतबाट हुने हानी, नोक्सानी तथा जोखिमलाई न्यूनिकरण गर्न सघाउने उद्देश्यका साथ माइक्रो इन्सोरेन्स कम्पनी सञ्चालन गर्न लागिएको अध्यक्ष जगत बहादुर पोखरेलले बताउनु भयो।

    बुटवल तथा यस आसपासका क्षेत्रलाई मुख्य सुरुवाती थलो बनाएर धेरैजसो यही ठाँउका व्यापारी,उद्योगी, व्यवसायीक प्रतिष्ठानलगायतको लगानीमा स्थापना भएको यस टृष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले ५० लाख भन्दा कमको निर्जीवन बीमा व्यवसाय अन्तर्गत लघु मोटर बीमा, लघु सम्पत्ती बीमा, लघु घर वीमा, लघु सामुद्रिक बीमा, लघु व्यक्तिगत दुर्घट्ना बीमा, लघु सामुहिक दुर्घट्ना बीमा, कृषि तथा पशुपंक्षी लघुबीमालगायतका बीमा व्यवसाय गरी सर्वसाधारणलाई भैपरी आउने दुर्घट्नाजन्य तथा दैवीप्रकोपजन्य हुने हानीनोक्सानीमा राहत दिने पोखरेलले बताउनुभयो।

    पोखरेलले नेपालीहरुलाई बीमाको मुलधारमा ल्याउन र उनीहरुको सम्पत्तीको सुरक्षणमा बीमाको पहुँच पुर्याउनका लागि र बीमा सम्बन्धी सचेतना ल्याउने खालका कार्यक्रम ल्याउने बताउनुभयो।सरकारले हरेक प्रदेशमा एउटा/एउटा लघुबिना कम्पनीलाई लघुबिमा सेवा सञ्चालनका लागि अनुमति दिएकोमा लुम्बिनी प्रदेशमा यही ’ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी’लाई अनुमति दिएको हो।


    शनिवार, चैत्र १० २०८००८:५७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij