Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बझाङमा चट्याङ लागेर एकको मृत्यु, ७ जना घाइते

बझाङमा चट्याङ लागेर एकको मृत्यु, ७ जना घाइते

  • शनिवार, चैत्र १० २०८०

  • 637
    SHARES

  • बझाङमा चट्याङ लागेर एकको मृत्यु, ७ जना घाइते

    काठमाडौं। चट्याङ लागेर बझाङमा एक जनाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका–६ नौरामा गएराति चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो भने सात जना घाइते भएका छन्।

    घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धीरेन्द्रबहादुर सिंह, उहाँकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, उहाँको छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेका छन्।

    प्रहरीका अनुसार घाइतेमध्ये लक्ष्मी सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनाको अवस्था सामान्य छ।

    जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार मृतक सिंहको शव परीक्षणका लागि जिल्ला पठाईँदै छ।


    शनिवार, चैत्र १० २०८००३:०७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij