Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सवारी दुर्घटनामा परेका कमेडियन सुशान्त बस्याल भेन्टिलेटरमा

सवारी दुर्घटनामा परेका कमेडियन सुशान्त बस्याल भेन्टिलेटरमा

  • शनिवार, चैत्र १० २०८०

  • 2.8K
    SHARES

  • सवारी दुर्घटनामा परेका कमेडियन सुशान्त बस्याल भेन्टिलेटरमा

    काठमाडौं । हिजो सवारी दुर्घटनामा परेका युवा कमेडियन सुशान्त बस्यालको मध्यपुर ठीमी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले बताएको छ ।

    बस्याललाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनलाई टाउकोमा गहिरो चोट लागेको थियो । अचेत अवस्थामा रहेका बस्याललाई चिकित्सकले एनेस्थेसिया दिएर २४ घन्टा अब्जर्भेसनमा राखेका थिए । अहिले पनि उनी अचेत नै छन् ।

    बस्याल कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धि हुन् । अहिले प्रशारण भइरहेको तेस्रो सिजनमा उनी प्रोडक्सन टीममा छन् ।

    सो सिजनमा उनी प्रोडक्सन टीममा छन् ।

    दुर्घटनामा परेका अन्य तीनजना पनि मध्यपुर ठीमी अस्पतालमा उपचाररत छन् । घाइते भएका कमेडियन पवन भट्टराईको चिउँडो र मुखमा चोट लागेको छ । उनी आसामका कलाकार हुन् । भट्टराई कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धि थिए भने कमेडी क्लव विथ च्याम्पियनका नियमित सदस्य थिए ।

    प्रकृती गिरीको हात भाँच्चिएको छ । यस्तै रजनिस अर्यालको नाकमा चोट लागेको छ । उनीहरू दुवै कमेडी च्याम्पियनको जारी सिजनका प्रतिस्पर्धि हुन् ।

    दुर्घटनामा परेका निर्देशक विशाल भण्डारी र पुजन अधिकारी भने प्रहरी हिरासतमै छन् ।


    शनिवार, चैत्र १० २०८००२:१६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij