Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कालीकोटको तिला नदिमा बगेर एक किशोर बेपत्ता

कालीकोटको तिला नदिमा बगेर एक किशोर बेपत्ता

  • शुक्रवार, चैत्र ९ २०८०

  • 1.4K
    SHARES

  • कालीकोटको तिला नदिमा बगेर एक किशोर बेपत्ता

    काठमाडौं। कालीकोटमा नदिमा बगेर एक किशोर बेपत्ता भएका छन्। कालीकोटको तिलागुफा नगरपालिका–६ स्थित तिला नदीमा १५ वर्षीय किशोर बेपत्ता भएका हुन् ।

    विद्यालयबाट आएर तिला नदीमा माछालाई झरिउँला हाल्न गएका तिलागुफा जुविथाका अन्दाजी १५ वर्षीय गणेश शाही नदिमा बेपता भएका हुन् ।

    जुविथा गाउँको सत्यदेवी माविमा ९कक्षामा अध्ययनरत शाही शुक्रबार दिउँसो विद्यालयबाट फर्किएर माछा मार्न नदीमा गएको बेला चिप्लिएर नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

    जिप्रका कालीकोटका अनुसार नदीमा बगेर बेपत्ता किशोरको खोजी भइरहेको छ । उनी गाल्जे बजारभन्दा तलको तिला नदी किनाराबाट बगेको आफन्तले बताएका छन् ।


    शुक्रवार, चैत्र ९ २०८००८:१७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij