Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अवैधरुपमा नेपाल प्रवेश गर्ने नाइजेरियन नागरिकसहित दुईजना पक्राउ

अवैधरुपमा नेपाल प्रवेश गर्ने नाइजेरियन नागरिकसहित दुईजना पक्राउ

  • बिहिवार, चैत्र ८ २०८०

  • 744
    SHARES

  • अवैधरुपमा नेपाल प्रवेश गर्ने नाइजेरियन नागरिकसहित दुईजना पक्राउ
    काठमाडौं । सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल प्रवेश गरेको एक नाइजेरियन नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ ।  झापास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङले बिहीबार(आज) बिहान पौने ९ बजे पैदल गस्ती क्रममा नाइजेरियन नागरिक ३२ वर्षीय  अनेकोर सिमोन ओगेचुकु र भारतीय नागरिक ३० वर्षीय सनम राईलाई पक्राउ गरेको हो । 
     
    सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका  अनुसार सशस्त्र प्रहरी नायव निरीक्षक केदारराज खड्काको नेतृत्वमा खटिएका टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका– १ डिल्लीगौडा भन्ने ठाउँबाट पक्राउ गरेको हो ।  
     
    भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला मणिग्राम पञ्चायत मारा पुल बस्ने राईले नाइजेरियन नागरिक ओगेचुकुलाई डब्लुबी ७४०७५८ नम्बरको भारतीय मोटरसाइकलमा राखेर अवैध बाटो भएर नेपाल प्रवेश गराउन खोजेका थिए ।
     
    नाइजेरियन नागरिक ओगेचुकुबाट ४ हजार ५ सय भारतीय रुपैयाँ,दुई थान मोबाइल,एक थान एनआइसी एसिया,एक थान नाइजेरियन पासपोर्ट, भिसा र भारतीय नागरिक राईको साथबाट एक थान मोबाइल, भारतीय एटिएम, भारतीय रुपैयाँ १४ हजार ४२० फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।  
     
    नाइजेरियन नागरिक ओगेचुकु भारतीय भिसामा २०२२ सेप्टेम्बर २५ तारिख नयाँ दिल्ली आएको रहेछ । उनको भिसा २०२३ सेप्टेम्बर २३ तारिखसम्म मात्र रहेको पाइएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय काँकडभिट्टा बुझाइसकेको जनाइएको छ । 


    बिहिवार, चैत्र ८ २०८००२:४५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij