Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बैतडीमा कोदालो प्रहारबाट  ३ जना गम्भीर, हेलिकप्टरमार्फत उद्धार हुँदै

बैतडीमा कोदालो प्रहारबाट  ३ जना गम्भीर, हेलिकप्टरमार्फत उद्धार हुँदै

  • बिहिवार, चैत्र ८ २०८०

  • 2.8K
    SHARES

  • बैतडीमा कोदालो प्रहारबाट  ३ जना गम्भीर, हेलिकप्टरमार्फत उद्धार हुँदै
    काठमाडौं । बैतडीमा कोदालो प्रहारबाट ३ जना गम्भीर घाइते भएका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गरेका हुन्। 
     
    कोदालो प्रहारबाट उनकी श्रीमती ५६ वर्षीया पार्वती धामी, दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट घाइते भएका छन्।
     
    आज बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरी बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो। 
     
    घाइते तीनै जनाको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो। 
     
    कोदाली प्रहार किन गरे भन्नेबारे खुल्न सकेको छैन। कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।


    बिहिवार, चैत्र ८ २०८००२:२३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij