Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कस्तो होला आज दिनभरको मौसम ?

कस्तो होला आज दिनभरको मौसम ?

  • बिहिवार, चैत्र ८ २०८०

  • 757
    SHARES

  • कस्तो होला आज दिनभरको मौसम ?

    काठमाडौँ । हिजो बिहानदेखि देशका अधिकांश स्थानमा वर्षा भएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

    जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी , मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षा भइरहेको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात समेत भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

     


    बिहिवार, चैत्र ८ २०८००७:३५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij