Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

देशभरको मौसम बदली, केहि स्थानमा हल्का वर्षा

देशभरको मौसम बदली, केहि स्थानमा हल्का वर्षा

  • बुधवार, चैत्र ७ २०८०

  • 714
    SHARES

  • देशभरको मौसम बदली, केहि स्थानमा हल्का वर्षा

    काठमाडौँ । देशका अधिकांश स्थानमा यतिबेला मौसम बदली भएको छ भने हल्कादेखि मध्यम वर्षा भएको छ । देशको मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज उपत्यकासहित बाग्मती, मधेश र कोशी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । कोशी, मधेश र बाग्मती प्रदेशका थोरै ठाउँका साथै पहाडी भेगका अरु एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का पानी पर्न सक्ने उहाँले बताउनुभयो ।

    यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।


    बुधवार, चैत्र ७ २०८००७:५०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij