Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अपडेटः बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संंख्या ९ पुग्यो (नामसहित)

अपडेटः बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संंख्या ९ पुग्यो (नामसहित)

  • मंगलवार, चैत्र ६ २०८०

  • 544
    SHARES

  • अपडेटः बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संंख्या  ९ पुग्यो (नामसहित)

    काठमाडौं । बागलुङको निसीखोलामा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संंख्या ९ पुगेको छ भने २६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङमा र ५ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

    दुर्घटनामा मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुम पश्चिम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, मुसिकोट नगरपालिका–२ रातामाटाका बसधनी बबि ददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका बस चालक सुवास गौतम भनिने मानसिंह विक, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुम पूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेका जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

    पूर्वी रुकुमदेखि काठमाण्डौका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस हिजो साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा रहेको मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीका अनुसार ज्यान जानेहरुमा चारजना पुरुष र पाँचजना महिला रहेका छन् ।

     


    मंगलवार, चैत्र ६ २०८००७:०३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij