Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

महरालाई सीआईबी कार्यालय लगियो

महरालाई सीआईबी कार्यालय लगियो

  • सोमवार, चैत्र ५ २०८०

  • 1.4K
    SHARES

  • महरालाई सीआईबी कार्यालय लगियो

    काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ ।

    उनलाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो ।

    सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

    महरालाई सोमबार बिहान कपिलवस्तुबाट प्रहरीले पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिनुभयो । उनलाई रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो ।


    सोमवार, चैत्र ५ २०८००१:१८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij