काठमाडौं। नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसले आज अधिकांस पहाडी भेगमा आंशिक बदली हुने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पडाही भुभागबाहेक अन्य बाँकी भेगको मौसम मुख्यतया सफा रहने छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।