Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पुजाका लागि फूल टिप्न जादा पोखरीमा डुबेर दुई जनाको मृत्यु

पुजाका लागि फूल टिप्न जादा पोखरीमा डुबेर दुई जनाको मृत्यु

  • शनिवार, कार्तिक ८ २०७७

  • 1.0K
    SHARES

  • पुजाका लागि फूल टिप्न जादा पोखरीमा डुबेर दुई जनाको मृत्यु

    कपिलवस्तुमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । आज बिहान कमलको फूल टिप्न गएका महाराजगन्ज नगरपालिका–५ स्थित मतखनवा पोखरीमा डुब्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय अशोक पाठक र २६ वर्षीय करमहंस पाठक रहेको प्रहरीले जनाएको छ । उनीहरु पूजाका लागि फूल टिप्न पोखरीभित्र गएका थिए । युवाहरु डुबेको हल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरी घटनास्थलमा पुग्दा स्थानियले एक जनाको शव पोखरीबाट बाहिर निकालिसकेका थिए । हराइरहेका एक जनाको शव प्रहरीले निकालेको थियो । शवलाई पोस्टमार्टका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको छ ।


    शनिवार, कार्तिक ८ २०७७०१:५४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij