Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सहकारी पिडितप्रति गृहमन्त्री लामिछानेको वेवास्ता, प्रहरीले गर्‍यो दमन

सहकारी पिडितप्रति गृहमन्त्री लामिछानेको वेवास्ता, प्रहरीले गर्‍यो दमन

  • शनिवार, चैत्र ३ २०८०

  • 444
    SHARES

  • सहकारी पिडितप्रति गृहमन्त्री लामिछानेको वेवास्ता, प्रहरीले गर्‍यो  दमन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने गृहमन्त्री भएपछि सहकारी पिडित आन्दोलनकारीप्रति निर्मम देखिनुभएको छ । उहाँले मिटर व्याज पिडित र लघुवित्त पिडितको माग सम्वोधन गर्ने सम्झौता गरेपनि सहकारी पिडितहरुप्रति भने वेवास्ता गरेको पाइएको छ ।

    उहाँ आफै सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागिरहेका बेला उहाँले सहकारी पिडितहरुलाई गरेको निर्मम व्यवहारले उनीमाथी थप शंका बढाएको छ ।

    लामिछानेले सहकारी पिडितहरुसँग वार्ता गरेर समस्या समाधान गर्नुको सट्टा उल्टै दमन गरेको पिडितहरुले बताएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघको आन्दोलनमा लामिछाने मातहतको प्रहरीले हस्तक्षेप गरेर आन्दोलनकारीहरुलाई निर्मम कुटपिट र पक्राउ गरेको छ ।

    अन्य आन्दोलनबाट पक्राउ परेकाहरुलाई एकैदिनमा छाड्ने गरेकोमा सहकारी पिडित आन्दोलनकारीहरुलाई भने प्रहरीले धेरै समय थुनेर बढी दुःख दिएको छ ।

    आन्दोलनका क्रममा प्रहरीको कुटपिटबाट गम्भीर घाइते हुनुभएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलव केसीको अहिले विर अस्पतालमा उपचार भइरहेको छ । उहाँको शरिरका धेरै ठाउँमा घाउ र निल डाम रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

    प्रहरीले सहकारी पिडितहरुले चलाउदै आएको आन्दोलन दवाउन त्यसका नेतृत्वकर्तालाई नै निर्मम कुटपिट र पक्राउ गरेपछि सहकारी पिडितहरु थप आक्रोसित भएका छन् । उनीहरुले आन्दोलन अझ बढी चर्काउने चेतावनी दिएका छन् ।

    गृहमन्त्री लामिछानेले सहकारी पिडितहरुको आन्दोलनप्रति वेवास्ता गर्ने र प्रहरीले आन्दोलनकारीहरुलाई कुटपिट र पक्राउ गर्नुले सहकारी बचतकर्ताहरुप्रति लामिछाने पुर्वाग्रह नै रहेको पिडितहरुको दावी छ ।


    शनिवार, चैत्र ३ २०८००७:५३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij