Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

विराटनगरमा नर्सको हत्या

विराटनगरमा नर्सको हत्या

  • शुक्रवार, चैत्र २ २०८०

  • 3.3K
    SHARES

  • विराटनगरमा नर्सको हत्या

    काठमाडौं। मोरङको विराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ। विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या भएको हो।

    सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको शव आफ्नै डेराको बाथरूममा फेला परेको मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले जानकारी दिनुभयो।

    अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार दासको घाँटी,अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ।उनको हत्यापछि शव छाडेर व्यक्ति फरार भएको पाइएको दाहालले बताउनु भएको हो।


    शुक्रवार, चैत्र २ २०८००३:४९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij