Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चर्चित कलाकारहरूद्वारा पाल्पाको ख्याहामा सचेतनामूलक नाटक प्रदर्शन

चर्चित कलाकारहरूद्वारा पाल्पाको ख्याहामा सचेतनामूलक नाटक प्रदर्शन

  • शुक्रवार, चैत्र २ २०८०

  • 1.5K
    SHARES

  • चर्चित कलाकारहरूद्वारा पाल्पाको ख्याहामा सचेतनामूलक नाटक प्रदर्शन

    काठमाडौं। पाल्पा रिब्दिकोट गाउँपालिकाको ख्याहामा जुवातास, धुम्रपान, मद्यपान र लागूपदार्थ दुर्ब्यसनसम्बन्धी जनचेतनामूलक नाटक सम्पन्न भएको छ।

    भाईब्रेसन मिडिया काठमाडौंको आयोजनामा भएको नाटकमा कलाकारहरु रामचन्द्र अधिकारी, रोहनी लामा, सुरेश असिम,रोहित खत्री लगाएतको प्रस्तुती रहेको थियो ।

    नाटकको लेखन तथा निर्देशन भाईब्रेसन मिडियाका प्रबन्ध निर्देशक बिष्णु गैरेले गरेका थिए । एक हजार बढी दर्शकको सहभागिता रहेको कार्यक्रममा रिब्दिकोट गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिती रहेको थियो ।

    नाटकले अत्यन्तै सकारात्मक छाप छोडेको र राष्ट्रीय कलाकारहरुको उपस्थितीले पर्यटकिय गन्तब्यस्थलको रुपमा बिकास हुँदै गैरहेको ख्याहाको पर्यटनमा समेत थप टेवा पुगेको वडाध्यक्ष चिरञ्जीवी पोख्रेलले बताएका छन ।


    शुक्रवार, चैत्र २ २०८०१२:४०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij