Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सन्दीपविरुद्ध सरकारी वकिल पनि उच्च अदालतमा

सन्दीपविरुद्ध सरकारी वकिल पनि उच्च अदालतमा

  • बिहिवार, चैत्र १ २०८०

  • 2.1K
    SHARES

  • सन्दीपविरुद्ध सरकारी वकिल पनि उच्च अदालतमा

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यलय पनि उच्च अदालत पुगेको छ।

    उच्च सरकारी वकिल कार्यालयले सन्दीपलाई बलात्कार मुद्दामा अधिकतम सजाय हुनुपर्ने माग राखी पाटनमा पुनरावेदन निवेदन दिएको हो।

    निवेदनमा जिल्ला अदालत काठमाडौंले आफ्नो माग दाबीभन्दा कम सजाय तोकेको भन्दै लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग गरिएको छ।

    बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो।

    लामिछाने जिल्ला अदालतको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै यसअघी नै उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिइसकेका छन्।

    जिल्ला अदालतले गत पुष १३ गते फैसला सुनाउँदै लामिछानेले गौशाला २६ माथि बलात्कार गरेको ठहर गरेको थियो।

    वादी नेपाल सरकारले पीडित गौशाला २६ नाबालिग रहेको दावी गरेपनि जिल्ला अदालतले भने वारदातको समयमा किशोरीको उमेर १८ वर्ष पुगिसकेको ठहर गरेको थियो।

    यद्यपि किशोरीको उमेर १८ वर्ष पुगिसकेको भएपनि लामिछानेले किशोरीको आर्थिक अवस्थाको फाइदा उठाउँदै होटलसम्म पुराएर बलात्कार गरेको ठहर गरेको थियो।

    काठमाडौँ जिल्ला अदालतको फैसलामा पीडित गौशाला २६ को उमेर १८ वर्ष पुगेको भनी उल्लेख भएकामा असहमति जनाउँदै उच्च सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको हो।


    बिहिवार, चैत्र १ २०८००३:२७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij