Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जलवायु परिवर्तनबारे राष्ट्रिय सम्बाद– एकिकृत कार्यक्रम र जनचेतानमा जोड

जलवायु परिवर्तनबारे राष्ट्रिय सम्बाद– एकिकृत कार्यक्रम र जनचेतानमा जोड

  • बुधवार, फाल्गुण ३० २०८०

  • 430
    SHARES

  • जलवायु परिवर्तनबारे राष्ट्रिय सम्बाद– एकिकृत कार्यक्रम र जनचेतानमा जोड

    काठमाडौं । जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि तत्काल एकिकृत संयन्त्रको आवश्यकता रहेकोमा विज्ञ तथा सरोकारवालाहरुले जोड दिएका छन् ।


    विकसित मुलुकको औद्योगिकरणबाट नेपाललगायत विकासोन्मुख मुलुक लाभ विनाको असर भोग्न बाध्य भएकाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले यस विषयलाई उच्च प्राथमिकताका साथ सशक्त रुपमा उठाउनु पर्नेमा समेत उनीहरुको जोड थियो ।

    नेपाल नगरपालिका सङ्घले ३१औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको “जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्वाद” कार्यक्रमका वक्ताहरुले जलवायु परिवर्तन अनुकुलन कार्यक्रमलाई एकिकृत रुपले सञ्चालन गर्न नीति, कानुन र बजेटको आवश्यकता रहेको पनि विज्ञ तथा सरोकारवालाहरुले बताएका हुन् ।

    दुई चरणमा भएको सम्बाद कार्यक्रम मध्ये पहिलो कार्यक्रमको नेतृत्व प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गर्नु भएको थियो भने दोस्रो कार्यक्रमको नेतृत्व राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले गर्नु भएको थियो ।

    कार्यक्रममा सभापति खतिवडाले जलवायु परिवर्तनको असरलाई कम गर्न आवश्यक कानुनी, नीतिगत र बजेट व्यवस्थाका लागि सरकारलाई घचघच्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरमा यस सम्वन्धमा नेपालको तर्फबाट भएका प्रतिवद्धता कार्यान्वयनका लागि पनि समितिको तर्फबाट पहल गर्ने आश्वासन दिनुभयो ।

    त्यसैगरी वित्त आयोगका अध्यक्ष पौडेलले जलवायु परिर्वतन सम्बन्धी नीतिगत कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय सरकारहरुलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय सरकारको बजेट तथा कार्यक्रम पारदर्शी भएमा सहयोगदाताहरु पनि आकर्षित र विश्वस्त हुने बताउनु भयो ।

    पुर्व सांसद तथा लोकतन्त्र तथा विकास केन्द्रकी अध्यक्ष डा। डिला सङ्ग्रौला पन्तले नागरिक संस्था र बौद्धिक वर्गबाट जलवायु परिवर्तनको मुद्दा अझ बढी उठाउनु पर्ने आवश्यकता देखाउनु भयो । जलवायु परिवर्तनको असरबाट विश्वको चौथो बढी प्रभावित देश भएरपनि नेपालका सरकारी निकायले त्योस्तरको चासो र चिन्ता नदेखाएकाले उनीहरुलाई दवाव सृजना गर्न पनि उहाँले सबैलाई आह्वान गर्नुभयो ।

    नागरिक संस्था, विज्ञ र सरकारी निकायहरुका बीचमा समन्वय गरेर स्थानीय तहसम्म जलवायु परिवर्तन सम्वन्धी चेनतामुलक र अनुकुलनका कार्यक्रमहरु बढाउन डा. डिला संग्रौलाले जोड दिनुभयो ।

    डिसिएकी नेपाल निर्देशक डा. सम्झना विष्टले जलवायु परिवर्तन सम्वन्धी कार्यक्रमहरुलाई आफ्नो संस्थाले प्राथमिकतामा राखेर सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

    छलफलमा पूर्व मूख्यसचिव डा. सोमलाल सुवेदी, अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल, संवैधानिक कानुनका ज्ञाता काशिराज दाहाल, धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जु श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, गोर्खा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, अक्सफाम नेपालका कार्यक्रम प्रमुख निभा श्रेष्ठ, डिसिएका कार्यक्रम प्रमुख बिमल घिमिरे, विपद् विज्ञ मान बहादुर थापा, विपद् अध्ययन केन्द्रका निर्देशक डा. बसन्तराज अधिकारी, नगरपालिका संघका कार्यकारी निर्देशक कलानीधि देवकोटा लगायत सहभागी हुनु भएको थियो ।

    कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा। बुद्धिसागर पौडेलले जलवायु परिवर्तनका सम्वन्धमा नेपालको अवस्था र सरकारले गरिरहेको कामका बारेमा प्रस्तुती गर्नु भएको थियो भने जलवायु परिवर्तनको प्रभाव कम गर्न के कस्ता प्रविधि अपनाउन सकिन्छ भन्ने बारेमा क्रिस्टाको प्रस्तुति पनि रहेको थियो।

    नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुंगाना र उपाध्यक्ष कृष्णप्रसाद सापकोटा र गाँउपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन र बजेट विनियोजन गर्न सङ्घीय सरकारले उदारता देखाउनुपर्ने धारणा राख्नुभयो ।

    एक्सन नेपाल र डिसिए सहआयोजक रहेको कार्यक्रमको नेपाली रेडियो नेटवर्क मिडिया पार्टनर थियो भने इन्नोभेसन पाटनरको रुपमा क्रिस्टा र पब्लिकेसन तथा डकुमेन्टेसन पार्टनरको रुपमा ग्यान्नोभेसन रिसर्च सेन्टर रहेको थियो ।

     


    बुधवार, फाल्गुण ३० २०८००६:०६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij