काठमाडौं । नेपाल नगरपालिका संघले उत्कृष्ट काम गर्ने सात वटा पालिकाहरुलाई सम्मान गरेको छ ।
संघको ३१औं स्थापना दिवसको अवसरमा हिजो राजधानीमा आयोजित एक कार्यक्रममा ५ विधामा उत्कृष्ट काम गर्ने सात वटा पालिकाहरुलाई सम्मान गरिएको हो ।
संस्थागत सुधार वित्तीय सुशासन कायम गर्ने नगरपालिकामा दाङको घोराही उपमहानगरपालिका, स्थानीय आर्थिक विकासमा फड्को मारेकोमा रुपन्देहीको बुटवल उपमहानगरपालिका, सामाजिक विकासको क्षेत्रको उत्कृष्ट कार्य गरेकोमा रौतहटको गौर नगरपालिका, वन वातावरण तथा जलवायु परिवर्तन र विपद व्यवस्थापन न्यूनीकरण विधामा उत्कृष्ट काम गरेको चितवनको रत्ननगर नगरपालिका र चौरजहारी नगरपालिका सम्मानित भएका छन ।
ललितपुरको गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका रहेका छन् ।
यस्तै संघले गरेको मूल्यांकनमा गोदावरी नगरपालिकाले सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको छ । यस्तै भीमदत्त नगरपालिकालाई पनि सम्मान गरिएको छ ।
संघले आयोजना गरेको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सम्मान वितरण गरेका थिए । स्थापना दिवसको अवसरमा नेपाल नगरपालिका संघले जलवायु परिर्वतन सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम समेत राखेको थियो ।