Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

हतकडीसहित फरार थुनुवालाई नियन्त्रणमा लिने क्रममा लडेर प्रहरी जवानको मृत्यु

हतकडीसहित फरार थुनुवालाई नियन्त्रणमा लिने क्रममा लडेर प्रहरी जवानको मृत्यु

  • सोमवार, फाल्गुण २८ २०८०

  • 4.1K
    SHARES

  • हतकडीसहित फरार थुनुवालाई नियन्त्रणमा लिने क्रममा लडेर प्रहरी जवानको मृत्यु

    काठमाडौं । दार्चुलामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको ज्यान गएको हो ।

    प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न जाँदा लडेर सोमबार उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

    कुँवरलाई पक्राउ गर्न जाँदा लडेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका निम्ति उनलाई अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सुदूरपश्चिम प्रहरी कार्यालयका एसएसपी दिल्लीराज विष्टले जानकारी दिनुभयो ।

    भागेका कुँवरलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।


    सोमवार, फाल्गुण २८ २०८००३:३७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij