Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

धनगढीमा छिमेकीको कुटपिटबाट एक युवकको मृत्यु

धनगढीमा छिमेकीको कुटपिटबाट एक युवकको मृत्यु

  • सोमवार, फाल्गुण २८ २०८०

  • 1.0K
    SHARES

  • धनगढीमा छिमेकीको कुटपिटबाट एक युवकको मृत्यु

    काठमाडौं । धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ ।

    धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए ।

    कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो ।

    उहाँका अनुसार रानाको हत्या अभियोगमा मिनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन् ।

    राना चौधरीको घरभित्र प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो ।


    सोमवार, फाल्गुण २८ २०८००२:१३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij