Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला र लिड्स आमने सामने हुने

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला र लिड्स आमने सामने हुने

  • शुक्रवार, कार्तिक ७ २०७७

  • 1.0K
    SHARES

  • इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला र लिड्स आमने सामने हुने

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शुक्रबार) एस्टन भिल्लाले लिड्स युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ । एस्टनले घरेलु मैदानमा लिड्ससँग खेल्नेछ । एस्टन र लिड्सबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

    भिल्ला पार्कमा घरेलु टिम अपराजित यात्रा कायम राख्ने योजनासहित मैदान उत्रने छ । एस्टन यस सिजन अपराजित रहेको छ । एस्टनले ४ खेलमा ४ जित निकाल्दै शतप्रतिशत नतिजा आत्मसात गरेको छ । त्यसैले लिड्सविरुद्ध मैदान उत्रदा एस्टन जितको यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

    एस्टनले ४ खेलमा १२ अंक जोडेको छ । एस्टन तालिकाको दोस्रो स्थानमा रहेको छ । लिड्सलाई पराजित गर्न सके एस्टन शीर्ष स्थानमा उक्लने छ । एस्टनसँग अनुभवी खेलाडी रोस बार्क्ली, ज्याक ग्रेअलिस, ओली वाट्किन्स जस्ता खेलाडीको साथ रहेको छ ।

     

    तर, बलियो टिम लिड्सविरुद्ध जित निकाल्न एस्टनलाई सहज भने हुने छैन । लिड्सले समेत यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ । लिड्स एस्टनलाई हराएर सिजनको तेस्रो जित निकाल्ने योजनामा हुनेछ । यस सिजन ५ खेलमा ७ अंक जोडेको लिड्स दशौँ स्थानमा रहेको छ । लिड्सलाई प्याट्रिक बामफोर्ड, रोड्रिगो जस्ता खेलाडीको साथ रहनेछ ।


    शुक्रवार, कार्तिक ७ २०७७०३:५९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij