Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

अर्घाखाँचीमा विवाहमा हिँडेको स्कार्पियो दुर्घटना

अर्घाखाँचीमा विवाहमा हिँडेको स्कार्पियो दुर्घटना

  • शुक्रवार, फाल्गुण २५ २०८०

  • 673
    SHARES

  • अर्घाखाँचीमा विवाहमा हिँडेको स्कार्पियो दुर्घटना

    काठमाडौं। अर्घाखाँचीमा विवाहको लागि हिँडेको स्कार्पियो दुर्घटनामा परेको छ। कपिलवस्तुबाट ७ जना यात्रु लिएर हिँडेको बा १५ च २३५३ नम्बरको स्कर्पियो आज दिउँसो पाणिनी गाउँपालिका –७ अड्गुरीमा दुर्घटनामा परेको हो ।

    उक्त दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको र सबै यात्रु सकुशल रहेको प्रहरीको भनाइ छ। स्कार्पियोमा भने क्षति भएको छ।

    अर्घाखाँचीको दुर्गाफाँटसम्म वैवाहिक कार्यक्रमका लागि हिँडेको उक्त स्कार्पियो ब्रेक फेल भइ दुर्घटना भएको चालकको बताएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिनुभयो। गाडीमा चालकसहित ७ जना सवार थिए ।


    शुक्रवार, फाल्गुण २५ २०८००३:०९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij