Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

महिला दिवसको अवसरमा राष्ट्रपतिको शुभकामना

महिला दिवसको अवसरमा राष्ट्रपतिको शुभकामना

  • शुक्रवार, फाल्गुण २५ २०८०

  • 446
    SHARES

  • महिला दिवसको अवसरमा राष्ट्रपतिको शुभकामना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा महिलाको हक, अधिकार, समानता, सशक्तीकरणका साथै थप ऊर्जा र उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको हो ।

    सन्देशमा भनिएको छ, “महिला सम्मानप्रति पूर्ण संवेदनशील भई कार्य गर्न प्रेरित गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितासहित सारभूत समानता कायम गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माणमा क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था एवम् अधिकारकर्मीलाई थप उर्जा र उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।”

    राष्ट्रपति पौडेलले उक्त अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।


    शुक्रवार, फाल्गुण २५ २०८००७:३०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij