Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै, देशभर सार्वजनिक बिदा

आज महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै, देशभर सार्वजनिक बिदा

  • शुक्रवार, फाल्गुण २५ २०८०

  • 658
    SHARES

  • आज महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै,  देशभर सार्वजनिक बिदा

    काठमाडौं । आज ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालसहित विश्वभर आज यो दिवसका अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्।

    हरेक वर्ष ८ मार्चका दिन विश्वभरी यो दिवस मनाइन्छ। यो दिवसलाई कतिपयले अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा पनि मनाउने गरेका छन्।

    नेपालका विभिन्न कम्युनिष्ट घटक निकट महिला संघसंस्थाले यो दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउँछन् भने कांग्रेस निकट संघसंस्थाले अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरेको पाइन्छ।

    दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। विशेषगरी महिला संघसंस्थाले आज विविध कार्यक्रम गर्दैछन्।

    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको सम्झनामा विश्वभर यो दिवस मनाउने प्रचलन सुरु भएको हो।

    नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ।

     

     


    शुक्रवार, फाल्गुण २५ २०८००७:२१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij