Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपीएल क्रिकेटमा आज मुम्बई र चेन्नई भिड्ने

आईपीएल क्रिकेटमा आज मुम्बई र चेन्नई भिड्ने

  • शुक्रवार, कार्तिक ७ २०७७

  • 1.1K
    SHARES

  • आईपीएल क्रिकेटमा आज मुम्बई  र  चेन्नई भिड्ने

    एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    सारजाहमा मुम्बई आफ्नो दशौँ र चेन्नई ११ औं खेलका लागि मैदान उत्रने छन् । मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । सारजाह क्रिकेट मैदानमा मुम्बई सातौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ६ जितसहित १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा रहेको छ ।

    रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई चेन्नईलाई हराएर शीर्ष दुई टिमसँग अंक बराबरी गर्न चाहन्छ । मुम्बई चेन्नईसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो । तर, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नईविरुद्ध जित निकाल्न मुम्बईलाई कठिन भने हुनेछ ।

    चेन्नईलाई यस खेल निकै महत्वपूर्ण रहेको छ । पुछारमा रहेको चेन्नईलाई प्ले अफको सम्भावना कायम राख्न समेत जित्नै पर्ने दबाब रहेको छ। चेन्नईलाई यस खेल गर या मरको स्थितिमा हुनेछ । चौंथो जितको खोजीमा रहेको चेन्नई १० खेलमा ६ अंक जोडेको छ । मुम्बईविरुद्धको यस खेल चेन्नईका लागि २ सय टी-ट्वान्टी खेल हुनेछ । चेन्नईले १ सय ९९ खेलमा १ सय १८ जित निकालेको छ ।

     


    शुक्रवार, कार्तिक ७ २०७७०३:४१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij