Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मिटरब्याज पीडितको अबको आन्दोलन बालुवाटार केन्द्रित

मिटरब्याज पीडितको अबको आन्दोलन बालुवाटार केन्द्रित

  • बिहिवार, फाल्गुण २४ २०८०

  • 487
    SHARES

  • मिटरब्याज पीडितको अबको आन्दोलन बालुवाटार केन्द्रित

    काठमाडौं। मिटरब्याज पीडितहरुले अब बालुवाटार केन्द्रित आन्दोलन गर्ने भएका छन्।२३ दिन पैदल हिँडेर काठमाडौं आएका पीडितले आँफुहरुको आन्दोलनलाई बेवास्ता गरेको भन्दै अब बालुवाटार केन्द्रित आन्दोलन सुरु गर्ने तयारी गरेका हुन्।

    हिजो मिटरब्याज पीडितहरु भृकुटीमण्डपबाट नारा जुलुस गर्दै बालुवाटारतर्फ अघि बढ्दा प्रहरीले अवरोध गरेर दिउँसो १२ बजेसम्म भृकुटीमण्डपमै रोकेको थियो।

    बालुवाटारतर्फ मिटरब्याज पीडितको समूह अघि बढेपछि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित २० जनालाई नियन्त्रणमा लिएको थियो।

    त्यसपछि मिटरब्याज पीडितहरुले नक्साल पीपलबोट नजिकै सडकमा प्रदर्शन गरे। भृकुटीमण्डपमा गरेको शान्तिपूर्ण आन्दोलनलाई सरकारले बेवास्ता गरेपछि अब बालुवाटार केन्द्रित आन्दोलन गर्न खोजेको मिटर ब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताउनुभयो।


    बिहिवार, फाल्गुण २४ २०८००९:३५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij