Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अपडेट : त्रिशूली नदीमा खसेकामध्ये चार यात्रुको मृत्यु, ३३ जनाको जीवितै उद्धार

अपडेट : त्रिशूली नदीमा खसेकामध्ये चार यात्रुको मृत्यु, ३३ जनाको जीवितै उद्धार

  • बुधवार, फाल्गुण २३ २०८०

  • 1.4K
    SHARES

  • अपडेट : त्रिशूली नदीमा खसेकामध्ये चार यात्रुको मृत्यु, ३३ जनाको जीवितै उद्धार
    काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहानै धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 
     
    दुर्घटनामा चार जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले बताउनुभयो । शव निकाल्ने काम भइरहेकोले मृतकको यकिन संख्या भने अझै आईनसकेको उहाँले बताउनुभएको छ। ‘३५ जनाको जीवितै उद्धार गरिएको छ’, डीएसपी जैसवारले भन्नुभयो, ‘उद्धारको काम जारी छ । चार/पाँच जनाको डेथ भएको छ । शव निकाल्ने काम भइरहेकोले यकिन भइसकेको छैन ।’
     
    बसमा ४५ जना यात्रु सवार रहेको खुलेको उहाँले बताउनुभयो। बस आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको प्रहरीको प्रारम्भिक अनुमान छ । उहाँका अनुसार बस सडकबाट सय मिटर तल नदीमा खसेको छ । 
     
    उद्धारका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २०  जनाको टोली खटिएको छ ।  टोलीले उद्धारको काम गरिरहेको छ ।


    बुधवार, फाल्गुण २३ २०८००७:१५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij