Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

काठमाडौं आउँदै गरेको यात्रुवाहक बस  त्रिशूलीमा खस्यो, १३ जनाको जीवितै उद्धार

काठमाडौं आउँदै गरेको यात्रुवाहक बस  त्रिशूलीमा खस्यो, १३ जनाको जीवितै उद्धार

  • बुधवार, फाल्गुण २३ २०८०

  • 3.0K
    SHARES

  • काठमाडौं आउँदै गरेको यात्रुवाहक बस  त्रिशूलीमा खस्यो, १३ जनाको जीवितै उद्धार
    काठमाडौं  । काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । कपिलवस्तुबाट ​काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस आज बिहान धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । 
     
    प्रहरीका अनुसार दुर्घटनामा केही मृत्यु भएको छ । तर, यकिन विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । 
     
    दुर्घटनास्थलमा सशस्त्र प्रहरी बलको टोली पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेश आदमघाटबाट खटिएको टोली घटनास्थल पुगेको हो । 
     
    टोलीले १३ जनाको जीवितै उद्धार गरेको जनाएको छ । उनीहरूलाई उपचारका लागि गजुरी अस्पतालतर्फ पठाएको प्रहरीको भनाइ छ । उद्धार कार्य जारी छ । 


    बुधवार, फाल्गुण २३ २०८००६:५८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij