काठमाडौं। सेयर बजार आज राताम्मे भएको छ। अघिल्लो दिन हिजो ११७ अंकले बढेको बजार एकदिन पनि टिक्न सकेन। आज सेयर बजारमा ७० अंकको भारी गिरावट आएको छ।
आज कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय १३ वटा कम्पनीको घट्यो भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहयो। सो दिन ६९ हजार २ सय ८ वटा कारोबारबाट १ करोड १४ लाख ६७ हजार ५ सय ९९ कित्ता सेयर किनबेच भए।
ती किनबेचबाट ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।