Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानको प्रधानमन्त्री बने शहबाज शरीफ

पाकिस्तानको प्रधानमन्त्री बने शहबाज शरीफ

  • आइतवार, फाल्गुण २० २०८०

  • 1.5K
    SHARES

  • पाकिस्तानको प्रधानमन्त्री बने शहबाज शरीफ

    काठमाडौं। पाकिस्तानको प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग(नवाज)का नेता शहबाज शरीफ निर्वाचित भएका छन्।शरीफ दोस्रोपटक सरकारको नेतृत्व गर्दैछन् भने पाकिस्तानको २४ औँ प्रधानमन्त्री हुन्।

    प्रधानमन्त्रीका लागि ३३६ सदस्यीय संसदमा आज भएको निर्वाचनमा शरीफले २०१ मत प्राप्त गरेका हुन्। उनका प्रतिस्पर्धी उमर अयुवले ९२ मत प्राप्त गरे। अयुव पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान समर्थित हुन्।

    पाकिस्तानमा हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले प्रस्ट बहुमत हासिल गर्न नसक्दा पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपल्स पार्टीबिच गठबन्धनका आधारमा सरकार गठन भएको हो ।

     


    आइतवार, फाल्गुण २० २०८००४:४७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij