Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जनकपुरमा बसको ठक्करबाट एकको मृत्यु र ६ जना घाइते भएपछि अवस्था तनावग्रस्त

जनकपुरमा बसको ठक्करबाट एकको मृत्यु र ६ जना घाइते भएपछि अवस्था तनावग्रस्त

  • आइतवार, फाल्गुण २० २०८०

  • 941
    SHARES

  • जनकपुरमा बसको ठक्करबाट एकको मृत्यु र ६ जना घाइते भएपछि अवस्था तनावग्रस्त

    काठमाडौं। जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु र ६ जना घाइते भएपछि अवस्था तनावग्रस्त छ ।

    जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एञ्जल्स बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते छन् ।

    स्थानीयबासिन्दाले ठक्कर दिने बस जलाउने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ ।

    स्थानीय बासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन् । त्यसक्रममा करिब आधा दर्जन अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।


    आइतवार, फाल्गुण २० २०८००२:१०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij