Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बडादशैं अन्तर्गत आज फूलपाती, घर घरमा फूलपाती भित्र्याइँदै

बडादशैं अन्तर्गत आज फूलपाती, घर घरमा फूलपाती भित्र्याइँदै

  • शुक्रवार, कार्तिक ७ २०७७

  • 2.0K
    SHARES

  • बडादशैं अन्तर्गत आज फूलपाती,  घर घरमा फूलपाती भित्र्याइँदै

    काठमाडौं । आज वडा दसैं अन्तर्गत फूलपाती पर्व,आश्विन शुक्ल सप्तमीका दिन घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ।

    हिन्दू धर्मावलम्बीले वैदिक विधिपूर्वक पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा फूलपातीका दिन शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन छ।

    फूलपाती भित्र्याएपछि नवदुर्गाको विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए

    ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद्अर्थात् सहायक हुन्,’ गौतमले भने।

    आज हनुमानढोका दरबारको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ।

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परंपरा छ।

    राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने परंपरा रहेका हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ।दसैं पर्वको सरकारी बिदा पनि आजैबाट सुरु भएकाले फूलपातीदेखि दसैंको खास रौनक सुरु हुन्छ।

     


    शुक्रवार, कार्तिक ७ २०७७०६:४८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij