Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कमेडी च्याम्पियनको इतिहासमै सबैभन्दा कान्छी सुयशाले बनाइन् नौलो रेकर्ड(भिडीयोसहित)

कमेडी च्याम्पियनको इतिहासमै सबैभन्दा कान्छी सुयशाले बनाइन् नौलो रेकर्ड(भिडीयोसहित)

  • शनिवार, फाल्गुण १९ २०८०

  • 3.0K
    SHARES

  • कमेडी च्याम्पियनको इतिहासमै सबैभन्दा कान्छी सुयशाले बनाइन् नौलो रेकर्ड(भिडीयोसहित)

    काठमाडौं। नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा चाइल्ड कमेडियन सुयशा खनालले इतिहासकै नयाँ तथा पहिलो रेकर्ड कायम गरेकी छिन्।

    काठमाडौंमा जारी तेस्रो सिजनमा सम्भवतः उमेरको हिसाबले अहिलेसम्मकै कान्छी १२ वर्षकी बालिका खनालले हिजो शुक्रबार राती प्रसारित श्रृंखलामा आफ्नो अनौठो र उत्कृट प्रस्तुति दिँदै निर्णायकहरुको मन जितेर यस्तो रेकर्ड राखेकी हुन् ।

    खनालको पुरा प्रस्तुती सक्न नपाउदै निर्णायक सन्तोष पन्तले उठेर गोल्डेन बर्जर थिचेपछी कार्यक्रम प्रस्तोता रीमा विश्वकर्माले कमेडी च्याम्पियनको ईतिहासमै पहिलोपटक नयाँ रेकर्ड बनेको उद्घोष गरेकी थिइन्।

    योसङ्गै खनाल सिधै सुपर १६ मा प्रवेश गरेकी छीन्। उनको प्रस्तुतीबाट निर्णयकहरु पन्तसँगै चर्चित एवं वरिष्ठ हास्य कलाकार मनोज गजुरेल, सफल युवा निर्देशक प्रदिप भट्टराई, चर्चित अभिनेत्री ऋचा शर्माले उठेरै सम्मान व्यक्त गरेका थिए।

    खनालको प्रस्तुतीमा बोर्डिङ स्कुलको विकृतीमाथि चोटिलो ब्यंग्य प्रहारसँगै सबै निर्णायक र निर्देशक विशाल भण्डारीलाई समेतमाथी ब्यंग्य प्रस्तुत थियो। शो हरेक बिहीवार र शुक्रबार कान्तिपुर टेलिभिजनमा तथा ओएसआर रियालिटीमा प्रसाराण हुदै आएको छ ।

    हेर्नुहोस्, खनालको प्रस्तुतीः


    शनिवार, फाल्गुण १९ २०८००४:०४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij