Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा ओरालो यात्रा आज पनि कायमै, यस्तो छ आजको बजार....

सेयर बजारमा ओरालो यात्रा आज पनि कायमै, यस्तो छ आजको बजार....

  • बिहिवार, फाल्गुण १७ २०८०

  • 805
    SHARES

  • सेयर बजारमा ओरालो यात्रा आज पनि कायमै, यस्तो छ आजको बजार....

    काठमाडौं। सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ। आज नेप्से परिसुचक २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा कायम रह्यो ।

    साताको अन्तिम दिन १.४३ प्रतिशतले घटेको बजारमा २ अर्ब ५९ करोडको कारोबार भएको छ। जुन अघिल्लो दिनको तुलनामा बढी हो।

    आजको कारोबारमा १७ कम्पनीका लगानीकर्ताले कमाउँदा २२० कम्पनीका सेयरधनीले गुमाएका छन्। ११ कम्पनीको भने सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

    आज बोटलर्स नेपाल बालाजुको सेयर १० प्रतिशतले र मनकामना स्मार्ट लघुवित्तको ९.८६ प्रतिशतले सेयर बढे पनि अन्य लगानीकर्ताले खासै कमाउन सकेका छैनन्।

    यता जोशी हाइड्रोपावरको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। यसबाहेक अपर स्याङे र मौलुङ हाइड्रोका लगानीकर्ताले पनि धेरै गुमाएका छन्।

    आज पनि सोनापुर मिनरल्सको सर्वाधिक ११ करोडको कारोबार भएको छ। दिनभरिमा ४८ हजार ३ सय ४९ पटक सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।


    बिहिवार, फाल्गुण १७ २०८००३:५३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij