Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

शर्मिला वाइवा पक्राउ

शर्मिला वाइवा पक्राउ

  • बुधवार, फाल्गुण १६ २०८०

  • 4.4K
    SHARES

  • शर्मिला वाइवा पक्राउ

    काठमाडौं। हास्य कलाकार पवन खतिवडा (म्याकुरी)लाई कुटपिट गरेको आरोपमा आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्।

    म्याकुरीलाई कुटपिट गरेर सिन्धुपाल्चोक पुगेकी वाइवालाई प्रहरीले बाह्रबिसेबाट पक्राउ गरेको हो। पछिल्लो समय म्याकुरीको पत्नी सुम्निमा खालिङसँग खटपट रहेको छ। केही दिनअघि शर्मिला वाइबा, म्याकुरीकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेका थिए।

    कुटपिटबाट अनुहारमा चोटैचोट लिएर घाइते अबस्थामै म्याकुरीले पत्रकार सम्मेलन गरेका थिए। त्यसपछी प्रहरीमा आएको उजुरीअनुसार प्रहरीले खोजी सुरु गरेको थियो ।


    बुधवार, फाल्गुण १६ २०८००४:४१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij