Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेदरल्यान्ड्सद्वारा नेपाललाई १ सय ८५ रनको बलियो लक्ष्य प्रस्तुत

नेदरल्यान्ड्सद्वारा नेपाललाई १ सय ८५ रनको बलियो लक्ष्य प्रस्तुत

  • बुधवार, फाल्गुण १६ २०८०

  • 671
    SHARES

  • नेदरल्यान्ड्सद्वारा नेपाललाई १ सय ८५ रनको बलियो लक्ष्य प्रस्तुत

    काठमाडौं । त्रिकोणात्मक टि२०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ८५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

    टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन जोड्यो । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक प्रहार गरे ।

    लेभिटले आक्रामक सुरुवात गर्दै नेपाललाई दबाबमा राखेका थिए । उनले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन जोडे । नवौं ओभरमा कुशल मलाई आक्रमण गर्ने प्रयासमा उनी स्टम्पिङ आउट भए ।

    त्यसअघि तेस्रो ओभरमा म्याक्स ओ डाउड ४ रन जोड्दै करण केसीको शिकार बने । स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे । उनी रनआउट हुन पुगेका थिए । साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । तेजा निदमनुरुले अन्तिम बलमा रनआउट हुनुअघि ३१ रन जोडे । उनले २४ बलको सामना गर्दै ३ चौका प्रहार गरे ।

    नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका थिए । टोलीमा आज दुई परिवर्तन भएको छ । विवेक यादव र अभिनाश बोहोराको स्थानमा ललित नारायण राजवंशी र प्रतिश जिसी टोलीमा आएका छन् ।

    नेदरल्यान्ड्सले टिम भान डर गुग्टेनलाई सिधै टि२० टोलीमा राखेको छ । उनी ओडीआई टोलीमा थिएनन् ।

    नेपालको टोली

    कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, प्रतिश जिसी

    नेदरल्यान्ड्सको टोली

    म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट, नोआ क्रोस, वेस्ली बरेसी, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन


    बुधवार, फाल्गुण १६ २०८००१:३५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij