Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज राष्ट्रिय मगर एकता दिवस मनाईँदै,

आज राष्ट्रिय मगर एकता दिवस मनाईँदै,

  • मंगलवार, फाल्गुण १५ २०८०

  • 586
    SHARES

  • आज राष्ट्रिय मगर एकता दिवस मनाईँदै,

    काठमाडौं। आज देशभर ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनाईँदै छ। मुलुकभर रहेका मगर समुदायले आज विविध कार्यक्रम गरि यो दिवस मनाउन लागेका हुन्। मगर समुदायको बाहुल्यता रहेका कतिपय पालिकाले आज दिवसका अवसरमा सार्वजनिक बिदा नै दिएका छन्।

    मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् ।गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयीत्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन्।

    नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर संघले जनाएको छ।

    यस्तै स्याङ्गजामा पनि एघारमध्ये आठ स्थानिय तहले सार्वजनिक विदा दिएका छन्। उता गुल्मीमा पनि ४ स्थानिय तहले आज मगर दिवसको अबसरमा विदा दिएका छन्।

    मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि नेपाल मगर संघको स्थापना भएको अवसरमा हरेक वर्ष फागुन १५ गते दिवस मनाउन थालिएको हो।


    मंगलवार, फाल्गुण १५ २०८०१०:३६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij