Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : यी प्रदेशमा वर्षा, हिमपात र बदलीको सम्भावना...

आजको मौसम : यी प्रदेशमा वर्षा, हिमपात र बदलीको सम्भावना...

  • मंगलवार, फाल्गुण १५ २०८०

  • 348
    SHARES

  • आजको मौसम : यी प्रदेशमा वर्षा, हिमपात र बदलीको सम्भावना...

    काठमाडौं।पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले आज देशका केही स्थानमा मौसम बदली हुने भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



    मंगलवार, फाल्गुण १५ २०८००७:३१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij