Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बारामा ग्यास सिलिण्डर पड्किँदा एकको मृत्यु, ५ घाइते

बारामा ग्यास सिलिण्डर पड्किँदा एकको मृत्यु, ५ घाइते

  • सोमवार, फाल्गुण १४ २०८०

  • 574
    SHARES

  • बारामा ग्यास सिलिण्डर पड्किँदा एकको मृत्यु, ५ घाइते

    काठमाडौं । बाराको निजगढ नगरपालिका–७, निजगढ बजारमा रोहित वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।

    मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी दधिराम न्यौपानेले बताउनुभयो । मगरको बयोधा अस्प्ताल वीरञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

    उहाँका अनुसार, घटनामा ५ जना घाइते छन् । घाइते हुनेमा बाराका ४५ वर्षीया सूर्यबहादुर थापा, वीरगञ्ज–९, पर्साका फिरोद देवान, २० वर्षीया रितु रजत, भारतीय नागरिक ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन शाह छन् ।

    घाइतेको वयोधा अस्प्तालमा उपचार भइरहेको छ । सोमबार मध्याह्न १२ बजे रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिण्डर पड्किएको थियो ।

     


    सोमवार, फाल्गुण १४ २०८००४:३९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij