Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बच्चा चोरेको आरोपमा पक्राउ परेकी मनकुमारीलाई लाग्यो यस्तो मुद्धा

बच्चा चोरेको आरोपमा पक्राउ परेकी मनकुमारीलाई लाग्यो यस्तो मुद्धा

  • सोमवार, फाल्गुण १४ २०८०

  • 1.0K
    SHARES

  • बच्चा चोरेको आरोपमा पक्राउ परेकी मनकुमारीलाई लाग्यो यस्तो मुद्धा

    काठमाडौं । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ गरिएकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ । दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काँडाघारी बस्ने मनकुमारी सिंहबिरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने निर्णय गरिएको काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताउनुभयो ।

    प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले भन्नुभयो–‘अपराध प्रकृति अनुसार अपहरण वा शरीर बन्धक कसुरमा मुद्दा चलाउनुपर्ने देखियो ।’ फागुन ११ मा मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिने छोरी चोरेकी हुन् ।

    प्रहरीले उनलाई काँडाघारीस्थित डेराबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्नता पुष्टि भएमा ७ वर्षदेखी १० वर्षसम्म कैद र १ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

     


    सोमवार, फाल्गुण १४ २०८००२:०४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij