Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बच्चा चोरी गर्ने महिललाई रक्तश्राव भएपछि अस्पताल भर्ना

बच्चा चोरी गर्ने महिललाई रक्तश्राव भएपछि अस्पताल भर्ना

  • शनिवार, फाल्गुण १२ २०८०

  • 2.0K
    SHARES

  • बच्चा चोरी गर्ने महिललाई रक्तश्राव भएपछि अस्पताल भर्ना

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार शिशु अपहरण गरेर पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छिन् ।

    काभ्रेको चौरीदेउराली घर भएकी २२ वर्षीया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गर्ने दैलेखकी मनकुमारी सिंह पाठेघरबाट रक्तस्राव भएपछि काठमाडौंको केएमसी अस्पताल भर्ना भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

    अनुसन्धानका लागि नियन्त्रणमा लिए पनि उनको पाठेघरबाट रक्तस्राव भएर बिरामी भएपछि अस्पताल भर्ना गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

    अपहरण गर्ने महिलाको गर्भपात भएपछि उनले बच्चा चोरी गरेको प्रारम्भिक जानकारी पाएको प्रहरीको भनाई छ । शिशु चोरी गरेकी उनलाई गएराति ११ बजे काठमाडौँको काँडाघारीबाट प्रहरीले पक्राउ गरेको थियो ।

     


    शनिवार, फाल्गुण १२ २०८००२:००:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij