Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

श्रीमती, छोरी र नातिनीलाई मारेर आत्महत्या

श्रीमती, छोरी र नातिनीलाई मारेर आत्महत्या

  • बुधवार, फाल्गुण ९ २०८०

  • 1.9K
    SHARES

  • श्रीमती, छोरी र नातिनीलाई मारेर आत्महत्या

    काठमाडौं । राजधानीको सिताइलामा तीन जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकृतले सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकले तीन जनाको हत्या गरेको खुलेको बताएका छन् ।

    मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठ रहेका छन् । अनिषा ईश्वरीकी छोरी हुन् भने सिवानी नातिनी हुन् । ईश्वरीले काजीसँग दोस्रो विहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले दुबै छोरी रहेको बताएपनि अनुसन्धानका क्रममा शिवानी भने नातिनी भएको खुलेको हो ।

    ईश्वरीको अहिलेको श्रीमानबाट एक छोरा रहेको र उनलाई काजीले पैसा लिन जाने बहानामा बाहिर पठाएर तीन जनाको हत्या गरेको खुलेको छ । कक्षा आठमा पढ्ने भनिएका ती बालकले प्रहरीलाई दिएको जानकारीअनुसार आफूलाई बुबाले पैसा लिन पठाएको र फर्केर आउँदा हत्या गरेको पाएको बताएका छन् ।

    आफू कोठामा आइपुग्दा बुबाले घटनाबारे बताएको र मर्न जान्छु भनेर गएको उनले प्रहरीलाई बताएका छन् । बुधबार बिहान भएको उक्त हत्याको घटनापछि काजी नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । हत्यापछि काजीले ईश्वरीका आफन्तलाई समेत फोन गरेर घटनाबारे जानकारी दिँदै आफू पनि मर्न गइरहेको बताएका थिए ।


    बुधवार, फाल्गुण ९ २०८००२:०७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij