Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज मौसमः गण्डकी र कर्णालीमा वर्षा, यी प्रदेशमा बदली..

आज मौसमः गण्डकी र कर्णालीमा वर्षा, यी प्रदेशमा बदली..

  • बुधवार, फाल्गुण ९ २०८०

  • 907
    SHARES

  • आज मौसमः गण्डकी र कर्णालीमा वर्षा, यी प्रदेशमा बदली..

    काठमाडौं। नेपालमा कायम पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले आज गण्डकी र कणली प्रदेशका केही स्थानमा आज विहानैदेखी वर्षा सुरु भएको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरुमा आंशिकदेखि साधारणतया बदली रही विहानैदेखी हल्का वर्षा भैरहेको छ।

    महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागबाहेक बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

    मधेश प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यस्तै आज राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।


    बुधवार, फाल्गुण ९ २०८००७:०४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij