Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

महासचिवमा डा.अधिकारी निर्वाचित

महासचिवमा डा.अधिकारी निर्वाचित

  • मंगलवार, फाल्गुण ८ २०८०

  • 1.0K
    SHARES

  • महासचिवमा डा.अधिकारी निर्वाचित

    काठमाडौं । नेपालका रसायन शास्त्रीहरूको साझा मञ्चको रूपमा रहेको नेपाल केमिकल सोसाइटीको महासचिवमा डा. अचुत अधिकारी निर्वाचित हुनुभएको छ।

    उहाँले आफ्ना अन्य ३ प्रतिस्पर्धीलाई पछाडि पार्दै अत्याधिक मतका साथ महासचिवमा निर्वाचित हुनुभएको हो। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सोमबार भएको निर्वाचनमा महासचिवसँगै सचिव र सदस्यका लागि मतदान भएको थियो।

    निर्वाचनबाट सचिवमा भने डा. दासुराम पौडेल र सदस्यमा आनन्दकुमार यादव, रामदरश पाण्डे, रिता भट्ट र श्रवण कुमार रेग्मी निर्वाचित हुनुभएको छ।

    सोसाइटीको अन्य पदाधिकारी भने यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। जसअनुसार अध्यक्षमा प्राडा जगदीश भट्टराई, उपाध्यक्षमा बविकुमार काफ्ले, गैर शिक्षण संस्था तर्फको उपाध्यक्षमा सरोज कुमार चौधरी र कोषाध्यक्षमा माधव गौतम निर्विरोध निर्वाचित हुनुभएको हो।


    मंगलवार, फाल्गुण ८ २०८०१०:२७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij